साहित्यकार प्रकट पंगेनीको निधन

पाेखरा | बैशाख ४, २०८१

साहित्यकार प्रकट पंगेनीको निधन

पोखरा:    नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो। 


बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ। ६८ वर्षीय पङ्गेनी निमोनिया लगायतका समस्याबाट पीडित थिए । 


सोमबार साँझबाट मणिपाल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखी उनको उपचार भएको थियो। कास्कीको रुपा गाउँपालिकाको देउराली घर भए पनि उनी लामो समयदेखि पोखराको बाटुलेचौरमा बस्दै आएका थिए । 


पङ्गेनीका जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरू लगायतका कृति प्रकाशित छन्। उनको परिवारमा पत्नी, छोरा र छोरी छन् ।  

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्